neapl investment mega bank
  • गृहपृष्ठ
  • भारतीय प्रधानमन्त्री मोदीले सबै मुख्यमन्त्रीसँंग भिडियो सम्मेलन गर्ने

भारतीय प्रधानमन्त्री मोदीले सबै मुख्यमन्त्रीसँंग भिडियो सम्मेलन गर्ने

Apr 1st, 2020

नयाँ दिल्ली, १९ चैत (रासस/एएनआई)

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशका सबै मुख्यमन्त्रीहरुसँग कोरोना भाइरसका कारण निम्तिएको स्वास्थ्य सङ्कट र यसको प्रभावबारे जानकारी लिन भिडियो सम्मेलन गर्नुहुने भएको छ ।

उहाँले बिहिवार कोरोना भाइरसको विषयमा केन्द्रित रहेर भिडियो बैठक गर्न लाग्नुभएको अधिकारीहरूले जनाएका छन् ।

बैठकका क्रममा सबै मुख्यमन्त्रीहरूलाई आफ्नो प्रदेशमा कोरोना भाइरसको सङ्क्रमणको अवस्था, त्यस विरुद्ध लड्न अपनाइएका उपाय र भावी योजना प्रस्तुत गर्न लगाइने जनाइएको छ ।

प्रधानमन्त्री मोदीले यसअघि गत मार्च २० तारिखमा पनि मुख्यमन्त्रीहरुसँग भिडियो बैठक गर्नुभएको थियो । सो बैठकका बेला कोरोना भाइरस विरुद्धको लडाइमा केन्द्रिय सरकारको निर्णय कार्यान्वयन गर्न र केन्द्रसँग सहकार्य गर्न आव्हान गर्नुभएको थियो ।

उहाँले नागरिकको सहभागिता र सर्मथन यो चुनौती सामनाको लागि अत्यावश्यक रहेकोमा जोड दिनुभएको थियो । प्रधानमन्त्री मोदीले जनसहभागिताको नमूना स्वरुप जनता कफ्र्युको अभ्यास देशव्यापी गराउनुभएको थियो ।