neapl investment mega bank
  • गृहपृष्ठ
  • इसेवाले ल्यायो रिफर एण्ड अर्न अफर , अरुलाई इसेवा चलाउन रिफर गर्दा ८० रुपैयाँसम्म बोनस पाइने

इसेवाले ल्यायो रिफर एण्ड अर्न अफर , अरुलाई इसेवा चलाउन रिफर गर्दा ८० रुपैयाँसम्म बोनस पाइने

Apr 1st, 2020

काठमाडौ, चैत १९

भुक्तानी सेवाप्रदायक इसेवाले रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ । कोरोना भाइरसको प्रकोपका कारण सबैजना घरमा बसिरहेको अवस्थामा यो अफरबाट इसेवा खातामा रिफरल बोनस प्राप्त गर्न सकिन्छ । नगदरहित समाज निर्माणको लागि आफु पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ भन्ने अभियान अन्तर्गत इसेवाले हरेक व्यक्तिलाई डिजिटल अभियन्ता बनाउनका लागि यो अफर सार्बजनिक गरेको हो ।

अफर अन्तर्गत इसेवा चलाउन सिकाए बापत प्रति ग्राहक रु ८० सम्म प्राप्त गर्न सकिनेछ । आफ्ना परिवार, साथि भाइ तथा आफ्नो मोबाईलमा रहेका सम्पर्क नम्बरहरूलाई इसेवा चलाउन सिकाउन सकिनेछ । इ सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने‘ हरेक नेपालीलाई डिजिटल कारोबारमा जोड्ने उदेश्यका साथ यो योजना सुरु गरिएको हो ’।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइ जहाज, बसको टिकट, स्कुल कलेज लगायतको शुल्क भुक्तानी गर्न सकिन्छ । इ सेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेकाछन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।