neapl investment mega bank
  • गृहपृष्ठ
  • छिमेक लघुवित्तद्धारा कोरोना रोकथाम कोषमा २५ लाख रुपैयाँ सहयोग

छिमेक लघुवित्तद्धारा कोरोना रोकथाम कोषमा २५ लाख रुपैयाँ सहयोग

Apr 1st, 2020

काठमाडौ, चैत १९

छिमेक लघुवित्त वित्तीय संस्थाले कोरोना रोकथाम कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त रकम सहयोग गरेको हो ।

संस्थाका अनुसार कोषको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा उक्त रकम जम्मा गरिएको छ । संस्थाले प्रदान गरेको यो रकमले हाल विश्वभर महाभारी रुपमा फैलिँदै गएको कोरोना भाईरस (कोभिड १९) संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमण पीडितहरुको उपचारमा थोरै भए पनि सहयोग पुग्ने बिस्वास संस्थाले लिएको छ ।