neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोनाको रोकथाम तथा नियन्त्रणको सातै प्रदेशको कोषमा नेपाल बैंकले ५/५ लाख सहयोग दिने

कोरोनाको रोकथाम तथा नियन्त्रणको सातै प्रदेशको कोषमा नेपाल बैंकले ५/५ लाख सहयोग दिने

Apr 1st, 2020

काठमाडौं, चैत १९

विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९) ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा सरकारालाई साथदिनुपर्ने भन्दै नेपाल बैंक लिमिटेडले सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोनाको रोकथामतथा नियन्त्रण कोषमा ५/५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेश सरकारको कोषमा ५÷५ लाखका दरले हुन आउने ३५ लाख रकम आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशकुमार अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

बैंकले यसअघि देशमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि संघीय सरकारबाट भएको पहलकदमीलाई साथदिन संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक करोड रकम आर्थिक सहयोग प्रदान गरेको थियो । यो सँगै कोरोना भाइरस संक्रमण रोकथाममा बैंकको तर्फबाट कूल एक करोड ३५ लाख योगदान भएको प्रवक्ता अधिकारीले जानकारी दिएका छन ।