– हरि बास्तोला
पोखरा, १८ चैत (रासस)
गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरसको परीक्षण हुने भएको छ । पोखरामा नै कोरोना भाइरसको परीक्षण हुनुपर्ने भन्दै चौतर्फी आवाज उठिरहेको अवस्थामा आज काठमाडौँबाट परीक्षण गर्ने मेसिन ल्याइएको हो ।
बिहान ८ः०० बजे हेलिकप्टरमार्फत परीक्षण उपकरणसहित प्राविधिकको टोली पश्चिमाञ्चल क्षेत्रीय अस्पताल आइपुगेको हो । मेसिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा राखिएको छ ।