बाँके, चैत १८
कोहलपुर नगरपालिका ११ न्यूरोडस्थित सडकमा भे.१ च ८२४ नम्बरको एम्बुलेन्स र से.१ प ४८४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सन्नीत्रिवेणी गाउँपालिका ९ बस्ने २९ वर्षीया शोभा केसी बटालाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कालीकोट नरहरिनाथ गाउँपालिका-१ बस्ने ६३ वर्षीय दण्ड विक्रम विष्टको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।