neapl investment mega bank
  • गृहपृष्ठ
  • समस्याको सहजीकरण गर्न राप्रयुुसंघको माग

समस्याको सहजीकरण गर्न राप्रयुुसंघको माग

Mar 31st, 2020

काठमाडौं, चैत १८

समस्याको सहजीकरण गर्न राप्रयुुसंघले माघ गरेको छ । संघका अध्यक्ष प्रकाश रिमालद्धारा जारी बिज्ञप्तीमा भनिएको छ, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले विश्वमै संकट ल्याएको वर्तमान सन्दर्भमा नेपाल सरकारको लकडाउन स्वभाविक र सकारात्मक छ ।

अहिले विश्वभर जो जहाँ छ त्यही बसि यो संकटबाट मुक्त हुनुपर्ने वास्तविकता हो तर आफ्नो मातृभुमि सम्झि नेपालको दार्चुला पारि सिमाना धार्चुलामा आफ्नो देश फर्कन पाउन हार, गुहार, रुवावासी गरिरहेको नेपालीहरुको व्यथा सुन्नु पर्ने दायित्व पनि सरकारको हो । उक्त हार, गुहारलाई ३ दिनसम्म नसुनेको जस्तो गरि गैरजिम्मेवार हुन सरकार मिल्दैन । तसर्थ आफ्नो मुलुक, मातृभुमि फर्कन खोज्ने नेपाली नागरिकहरुलाई उपयुक्त आवश्यक स्वास्थ्य परिक्षण गर्ने व्यवस्था गरि क्वारेन्टाइन राख्नु पर्ने भए उक्त व्यवस्था गरि मुलुक फर्कन पाउने अधिकारलाई कुण्ठित नगर्न राप्रयुसं सरकारसँग माग गर्दछ ।

साथै वर्तमान संकट समाधान गर्न सरकारका निर्णयहरु सकारात्मक देखिए पनि स्थानीय स्तरसम्म कार्यान्वयन गर्न सकेको अवस्था छैन । तसर्थ उपयुक्त संयन्त्र मार्फत कार्यान्वयन होस । खाद्य सामाग्रीहरु, अति आवश्यक वस्तुहरु तथा अति जरुरी काम र अस्पताल आवतजावत गर्न समेत असहज देखिन थालेको हुँदा उक्त समस्याको सहजिकरण गर्न सरकारसँग राप्रयुसं माग गर्दछ ।
यस्तो बिषम परिस्थितिमा जनता स्वयं आत्मसंयम, अनुशासित हुनुपर्ने र सवै मिलि यो संकटबाट मुक्त हुनु पर्ने वास्तविकतालाई मध्यनजर गर्दै सवै आ–आफ्नो ठाउँबाट सहयोग पु¥याउन समेत राप्रयुसं सम्बन्धित सवैलाई आब्हान गर्दछ, संघले बिज्ञप्ती मार्फत भनेको छ ।