neapl investment mega bank
  • गृहपृष्ठ
  • बुहारीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

बुहारीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

Mar 31st, 2020

सर्लाही, १८ चैत

आफ्नै बुहारीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा दुप्चेश्वर गाउँपालिका-५ कामचोक तिमाल बस्‍ने २७ वर्षीय सानुकान्छा तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सानुकान्छाले मादक पदार्थ सेवन गरी आफ्नै २५ वर्षीया बुहारीलाई घरायसी बिवादको कारण खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी समुन्द्रटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।