neapl investment mega bank

एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते

Mar 30th, 2020

सिन्धुली, १७ चैत

कमलामाई नगरपालिका-७ माझीटारस्थित सडकमा ज।१ च ७७७ नम्बरको एम्बुलेन्स सोमबार दिउँसो अनियन्त्रित भई सडकबाट करिब ३५ फिट तल खसेर दुर्घटना हुँदा एम्बुलेन्समा सवार धनुषा सबैला नगरपालिका-४ पटेर्वा बस्ने २१ वर्षीय अनिल यादव लगायत ६ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ पठाइएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।