neapl investment mega bank
  • गृहपृष्ठ
  • जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

Mar 30th, 2020

पर्सा, १७ चैत

जिराभवानी गाउँपालिका-५ सखुबनिया टोलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय धर्मराज पंजियार समेत ११ जनालाई नगद ५७ हजार २ सय ९० रुपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।