काठमाडौ, चैत १७
नेपाल चेम्वर अफ कर्मशले कोरोना प्रभावितको लागि सहयोग गरेको छ । विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस (कोभिड १९) प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरी सहयोग गरेको हो ।
सो अनुरुप लमही (दाङ्ग) चेम्बर अफ कमर्सले लमही नगरपालिकाको कोरोना विपद व्यवस्थापन समितिको प्रमुखलाई चैत्र १६ गते रु एक लाख एक हजार एक सय एक रुपैयाँ नगद हस्तान्तरण गरेको छ । यसैगरी स्याङ्जा चेम्बर अफ कमर्सले नगरपालिका प्रमुख सिमा कुमारी क्षेत्रीलाई चैत्र १६ गते ३ हजार माक्र्स वितरण गरेको छ । यसका साथै २५ किलोको १२ वटा चामलको बोरा, आलु ५० किलो, तेल, नुन लगायतका सामानहरु वितरण गरेको छ । यसका साथसाथै १० वटा पिपि पनि वितरण गरेको छ ।
यसैगरी पोखरा चेम्बर अफ कमर्स कास्कीले हेल्प डेस्क बनाएको छ । यसका साथै पोखरा चेम्बर अफ कमर्स कास्कीले पाँच हजार माक्स प्रहरी प्रशासन, स्वास्थ्य निर्देशनालय र रुपा गाउँपालिकालाई वितरण गरेको छ ।