आधारभुमि संवाददाता,
काठमाडौँ, १६ चैत
कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले थप सात दिन ‘लकडाउन’ गर्ने भएको छ।
भर्खरै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यही चैत ११ गतेदेखि १८ गते बिहान ६ः०० बजेसम्मका लागि जारी गरेको उक्त आदेशलाई यही चैत २५ गते राती १२ः०० बजेसम्मका लागि निरन्तरता दिने निर्णय गरेको हो ।
यसअघि सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो। तर, कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको अवधि थपेको हो। हालसम्म नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या पाँच पुगेको छ।