neapl investment mega bank

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Mar 29th, 2020

काठमाडौं, १६ चैत

कपिलवस्तु, शुद्धोधन गाउँपालिका-३ कटेयाबारी बस्ने ४८ वर्षीय सरिअन मल्लाहाको घर र गोठमा शनिबार दिउँसो आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

तेह्रथुम, आठराई गाउँपालिका-५ छातेढुङगास्थित गोलेबारी किउरेनी सामुदायिक वनमा शनिबार दिउँसो आगलागी हुँदा आगो फैलिएर सोही ठाउँ बस्ने ७३ वर्षीय रनमाया राईको घर, सुनका विभिन्न गहना, अन्नपात, लत्ताकपडा, भाडावर्तन, पानी ट्याङकी, लगायत जलेर करिब १३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रौतहट, गढीमाई नगरपालिका-३ गम्हरिया बस्‍ने शेष मङनीको कच्ची घरमा शनिबार साँझ आगलागी हुँदा घर, लत्ताकपडा, अन्नपात र भाडावर्तन जलेर करिब ४ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सुरुङ्गा नगरपालिका-४ मधुपट्टी बस्‍ने बुद्धिलाल सदाको घरमा आइतबार बिहान आगलागी भई अन्नपात, लत्ताकपडा लगायत अन्य सामान जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी सप्तरी, साल्पासिलिछो गाउँपालिका(२ ठोट्नेरी बस्ने मदन राईको घरमा सोलारको तार सर्ट भई आइतबार बिहान आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, काठपात र भाँडावर्तन जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।