neapl investment mega bank
  • गृहपृष्ठ
  • एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरको बिक्री अवधि थप

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरको बिक्री अवधि थप

Mar 29th, 2020

काठमाडौ, चैत १६

एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर बिक्रीको अवधि थप गरेको छ । कम्पनीले ३८ करोड ४२ लाख ३७ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेकोमा बिक्री अवधि थप गरेको हो । कम्पनीले यही फागुुन २२ गतेबाट हाल कायम रहेको चुक्ता पुंजी ६४ करोड चार लाख छ हजार दुुई सय ५० रुपैयाँ मध्येबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी १० बराबर छ को अनुपातमा ३८ लाख ४२ हजार चार सय ३७ दसमलव ५० कित्ता हकप्रद सेयर जारी गरेको थियो ।

बिक्री प्रर्वन्धक लक्ष्मी क्यापिटल लिमिटेड मार्फत फागुुन २२ गतेबाट खुल्ला हुुने हकप्रद सेयरको बिक्री कार्य चैत १२ गतेसम्म तोकिएको थियो । तर पछिल्लो समय बिश्वमा कोरानो भाईरसको महामारी फैलिएको र नेपालमा पनि संंक्रमित हुुने क्रम बढेसंगै सरकारले मुुलुकभर डाउन छ । सोही कम्पनीले सेयर बिक्री अवधि थप गरेर यही चैत २७ गतेसम्म थप गरेको जानकारी दिएको छ ।