neapl investment mega bank
  • गृहपृष्ठ
  • सिद्धार्थ बैंकद्धारा कोरोना भाइरस विरुद्धको अभियानमा हरेक प्रदेशलाई १० लाखको सहयोग

सिद्धार्थ बैंकद्धारा कोरोना भाइरस विरुद्धको अभियानमा हरेक प्रदेशलाई १० लाखको सहयोग

Mar 29th, 2020

काठमाडौ, चैत १६

कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सिद्धार्थ बैंक लिमिटेडले ७० लाख सहयोग गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो । बैंकले प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा १० लाखका दरले सात वटै प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सो सहयोग गरेको हो ।

देशमा यस्ता किसिमको संकट आएको बेलामा सिद्धार्थ बैंक सदैव नेपाल सरकार तथा नेपाली जनताको साथमा रहीआएको छ र बिभिन्न किसिमका सहयोग गर्दै आइरहेको छ । नेपाल सरकारले अनुराध गरेको आदेशलाई पुर्णरुपमा पालना गर्दै बैंकले आफ्नो देशभरका बैंकका शाखाहरुबाट सम्भव भएसम्मको सेवा प्रदान गर्दै आइरहेको छ भने बिश्वमा देखिएको यो बिसम परिस्थितसँग सामना गर्न सम्भव भएसम्म घरैमा बसेर प्रबिधि मैत्री सुविधाको उपयोग गर्न आफ्ना ग्राहकहरु समक्ष आग्रह गरको छ ।