neapl investment mega bank
  • गृहपृष्ठ
  • मेटलाईफले बिद्युुतीय माध्यमबाट सेवा दिने

मेटलाईफले बिद्युुतीय माध्यमबाट सेवा दिने

Mar 29th, 2020

काठमाडौ, चैत १६

मेट लाईफ इन्स्योरेन्स कम्पनीले बिद्युुतीय माध्यमबाट सेवा दिने भएको छ । कम्पनीले बिज्ञप्ती मार्फत भनेको छ, कोरोना भाइरस (कोभिड–१९) महामारी विरूद्ध लड्न सरकारको कदमलाई समर्थन गर्दै अर्को सूचना जारी नभए सम्म हाम्रो सबै कार्यालयहरू भौतिक रूपमा बन्द रहने भए तापनि हामीले विधुतिय माध्यमबाट सबै ग्राहकहरूलाई निरन्तर सेवा एवं सुरक्षा दिनका लागि विभिन्न कार्य योजनाहरु लागू गरेका छौं ।

कम्पनीले लागुु गरेको कार्य योजनामा लक डाउनको अवधिका कारण बीमाशुल्कको भुक्तानी हुन नसकेका सबै सक्रिय बीमालेखहरुलाई निरन्तरता दिने, लक डाउनको अवधिका कारण भुक्तानी हुन नसकेका बीमाशुल्कसार्वजनिक सेवाहरु पुनः सुचारु भएको १५ दिन भित्र भुक्तानी गरेमा कुनै पनि बिलम्ब शुल्क नलिने, कम्पनीको वेबसाइटबाट अनलाइन बीमाशुल्क भुक्तानी सेवा सुचारु राख्ने, अत्यावश्यक सेवा सम्बन्धि सम्पूणकार्यहरु कर्मचारीले घरबाटै संचालन गर्ने, फोन, फेसबुक र इ–मेल को मार्फतग्राहकहरू, कर्मचारीहरु तथा अभिकर्ता लगायतका ब्यवसायिक साझेदारहरुलाई आवश्यक जानकारी सेवा प्रदान गर्र्ने र मेटलाइफ, नेपालका सबै विद्यमान, दुर्घटना र स्वास्थ्य बीमा लगायतकाव्यक्तिगत तथा सामुहिक जीवन बीमालेखहरु, बीमालेखका सर्तहरूको अधिनमा रहि सदा झै बीमा रक्षावरण प्रदान गरिने समेतका रहेकाछन ।

कम्पनीले बीमालेख, बीमाशुल्क भुक्तानी वा बीमा दावी सम्बन्धि,कुनै जानकारी वा सेवा आवश्यक परेमा, कम्पनीको फोन नम्बर, इ–मेल वा अनलाइन मार्फत सम्पर्क गर्न समेत आग्रह गरेको छ ।