neapl investment mega bank

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Mar 29th, 2020

काठमाडौं, १६ चैत

मकवानपुर, थाहा नगरपालिका-९ खर्क डाडाँगाउँ बस्ने ४२ वर्षीय कपिल लामिछानेको घरमा बिद्युत सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रौतहट, देवाहिगोनाही नगरपालिका-२ लक्ष्मीनिया बस्ने राकेश कुमार साहको घरमा रहेको किराना पसलमा करेन्ट सर्ट भई शुक्रबार राति आगलागी हुँदा घर र पसल पूर्णरूपमा जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

उदयपुर, चौदण्डीगढी नगरपालिका-३ कुसुमचौरी बस्ने दिल बहादुर राईको भान्साघरमा शनिबार बिहान आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पाल्पा, पूर्वखोला गाउँपालिका-६ हेक्लाङ बस्ने ४१ वर्षीय मान बहादुर घर्तीको घरमा शनिबार बिहान आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सप्तरी, राजविराज नगरपालिका-९ मलेठ बस्ने विनोद प्रसाद साहको घरमा बिद्युत सर्ट भई शनिबार बिहान आगलागी हुँदा करिब १ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।