सुनसरी, १६ चैत
ईनरुवा नगरपालिका-६ स्थित सडकमा मे.९ प १८७२ नम्बरको मोटरसाइकलको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय साइकलयात्री पुरुषको शनिबार बिहान मृत्यु भएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सप्तरी राजबिराज नगरपालिका-६ बस्ने ४० वर्षीय विष्णुदेव यादवको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।