neapl investment mega bank

अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

Mar 29th, 2020

मोरङ, १६ चैत

बेलबारी नगरपालिका-३ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १५ ग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनकुटा छथर जोरपाटी गाउँपालिका-३ बस्ने २३ वर्षीय मोहन खड्का र तेह्रथुम घर भएका ५६ वर्षीय रमेश कार्की रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले को.२४ प ३२८७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।