एटलान्टा, १५ चैत (रासस/एपी)
अमेरिकी समाजमा नागरिक अधिकारको पक्षमा जीवनभर वकालत गरेका वरिष्ठ अधिकारकर्मी जोसेफ लोवेरीको शुक्रबार निधन भएको छ । उहाँ ९८ वर्षको हुनुहुन्थ्यो ।
लोवेरीले एटलान्टास्थित आफ्नै निवासमा परिवारका सदस्यहरूबीच प्राकृतिक मृत्युवरण गर्नुभएको पारिवारद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उहाँकी धर्मपत्नी एभिलिन गिब्सन लोवेरीको ७० वर्षको सहयात्रापछि सन् २०१३ मा मृत्यु भएको थियो ।
अमेरिकाका वरिष्ठ नागरिक अधिकार अभियन्ता लोवेरी अफ्रिकी–अमेरिकी नागरिकका अधिकारका लागि अमेरिकी अभियन्ता मार्टिन लुथर किङ्ग जुनियरका अति मिल्ने साथी हुनुहुन्थ्यो ।
लोवेरीले ‘क्रिष्टियन लिडरसिप कन्फ्रेन्स’का संस्थापक सदस्य हुनुहुन्छ । उहाँले सोही संस्थामा रहेर मार्टिन लुथर किङ्ग जुनियरसँगै काम गर्नुभएको थियो । उक्त संस्थाले विशेष गरी अमेरिकामा श्वेत र अश्वेतहरूबीचको भेदभावविरूद्ध लामो समयसम्म अभियान चलाएको थियो ।
उहाँले अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति रहेका समय अमेरिकाको शीर्ष नागरिक सम्मान ‘प्रेसिडेन्सल मेडल अफ फ्रिडम’ प्रदान गर्नुभएको थियो ।