neapl investment mega bank
  • गृहपृष्ठ
  • कर्णाली प्रदेश विपद् कोषमा सिद्धार्थ बैंकको रु १० लाख

कर्णाली प्रदेश विपद् कोषमा सिद्धार्थ बैंकको रु १० लाख

Mar 28th, 2020

सुर्खेत, १५ चैत (रासस)

‘कोभिड–१९’ रोकथाम तथा नियन्त्रणार्थ कर्णाली प्रदेश सरकारद्वारा स्थापित प्रदेश विपद् व्यवस्थापन कोषमा सिद्धार्थ बैंक लिमिटेड शाखा सुर्खेतले रु १० लाख सहयोग गरेको छ ।

बैंक सुर्खेतका प्रबन्धक रञ्जन कोइरालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आज उक्त राशिको चेक हस्तान्तरण गर्नुभयो । त्यस्तै नौमुले गाउँपालिका ३ द्वारी दैलेख निवासी पदमबहादुर विश्वकर्माले व्यक्तिगत रुपमा आजै मुख्यमन्त्री शाहीलाई रु ५१ हजारको चेक हस्तान्तरण गर्नुभएको छ ।

चेक ग्रहण गर्दै मुख्यमन्त्री शाहीले बैंक तथा जिम्मेवार व्यक्तिप्रति कृतज्ञता प्रकट गर्नुभयो । बैंकका सुर्खेत शाखा प्रबन्धक कोइरालाले आजकै दिन बैंकले कोरोना प्रतिकार्यमा सहयोग पु¥याउन नेपालका सातै प्रदेशका सरकारलाई रु १०/१० लाखका दरले चेक हस्तान्तरण गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना भाइरस प्रतिकार्य तथा रोकथाममा सहयोग पुगोस् भन्ने हेतुले बैंकले यसअघि कान्तिपुर मिडियासँगको सहकार्यमा रु १५ लाख दिइसकेको छ ।