neapl investment mega bank
  • गृहपृष्ठ
  • औषधिजन्य सामग्री लिन वाइडबडी जहाज चीनतर्फ

औषधिजन्य सामग्री लिन वाइडबडी जहाज चीनतर्फ

Mar 28th, 2020

काठमाडौँ, १५ चैत (रासस)

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज कोरोना भाइरसको रोकथाम र उपचार गर्न आवश्यक सामग्री लिन चीनतर्फ गएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले निगमको वाइडबडी–४१७१ जहाज मध्याह्न १२ः३० बजे चीनको ग्वाङ्जाओ गएको जानकारी दिनुभयो । उहाँका अनुसार आज गएको विमानले औषधि उपकरण लिएर आज राति १ बजे आउनेछ ।

चीन सरकारले नेपाललाई कोभिड–१९ को रोकथाम र उपचारका लागि औषधि र उपकरण उपलब्ध गराउँदैछ ।