neapl investment mega bank
  • गृहपृष्ठ
  • निगमको वाई १२ जहाज धावनमार्गमा दुर्घटनाः सबै यात्रु सकुशल

निगमको वाई १२ जहाज धावनमार्गमा दुर्घटनाः सबै यात्रु सकुशल

Mar 28th, 2020

कोहलपुर, १५ चैत (रासस)

रााष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाई १२ जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना हुँदा त्यसमा सवार सबैजनालाई सकुशल तत्काल उद्धार गरिएको छ ।

काठमाडौँबाट कोरोना भाइरसका लागि चिकित्सक र औषधिजन्य सामग्री लिएर आएको नेपाल वायुसेवा निगमको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा धावन मार्गदेखि ६० मिटर टाढा दक्षिणतिर चिप्लिएर दुर्घटना भएको नेपालगञ्ज उड्डयन प्राधिकरणका प्रमुख प्रेमनारायण ठाकुरले राससलाई जानकारी दिनुभयो ।

नेपाल वायसेवा निगमको जहाज दुर्घटना भएलगत्तै उद्धार टोली खटिएको र जहाजमा रहेका चालक दललगायत चिकित्सकसहित पाँचजनालाई तत्काल सकुशल उद्धार गरिएको र औषधिको सामान पनि निकालिसकेको प्रमुख ठाकुरले बताउनुभयो ।

बाँके र धनगढीका क्वारेन्टाइनमा राखिएका बिरामीबाट सङ्कलन गरिएको नमूना लिनका लागि आएको जहाज धावनमार्गमा चिप्लिएपछि नेपाल एयर लाइन्सकै अर्को जहाज इन्जिनियरसहितको टोली नेपालगञ्ज आउँदै गरेको र दुर्घटनाका कारण पछि खुल्ने उहाँले बताउनुभयोे ।