neapl investment mega bank
  • गृहपृष्ठ
  • ‘प्रेसका नाममा सवारी साधनको दुरुपयोग नगरौँ’

‘प्रेसका नाममा सवारी साधनको दुरुपयोग नगरौँ’

Mar 28th, 2020

कैलाली, १५ चैत (रासस)

नेपाल पत्रकार महासङ्घ कैलाली शाखाले लकडाउनका समयमा पत्रकारका नाममा सवारी साधनको दुरुपयोग नगर्न आग्रह गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सञ्चार गृह र सञ्चारकर्मीलाई आग्रह गर्दै शाखाले स्थलमा जाँदा सञ्चार गृहको समाचार शाखामा कार्यरत पत्रकारले मात्र सवारी साधनको प्रयोग गर्न ध्यानाकर्षण गराएको हो ।

शाखाका अध्यक्ष जगत साउदद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि अवलम्बन गरेको लकडाउनमा सहयोग पु¥याउनु आम पत्रकारको पनि दायित्व भएको उल्लेख गरिएको छ ।