काठमाण्डौ, चैत १४
काठमाण्डौ उपत्यकामा लक डाउन उल्लंघन गर्नेलाई प्रविधिको प्रयोग गरी प्रहरीले नियन्त्रणमा लिन थालेको छ । विश्वमा माहामारीको रूपमा फैलेएको कोरोना भाइरस कोभिड १९ नियन्त्रणको लागि सरकारले यही चैत ११ गते देखि देशै भरी लक डाउन गरेको छ । लकडाउन उल्लघन गरी हिडनेलाई नियन्त्रणमा लिन महानगरीय प्रहरी कार्यालयले मातहतका कार्यालयहरूलाई १५ थान मल्टी फसंनल एया्रेष्ट एण्ड रेस्कुु डिभाईस दिएको छ । विभिन्न समयमा प्राप्त भई कार्यालयमा मौजाद रहेको सो डिभाईस मातहत कार्यालयहरूलाई प्रदान गरी सोही डिभाईसप्रयोग गरी नियन्त्रणमा लिन निर्देशन दिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिएकाछन ।



अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कनुस भित्रै बस्नुस भन्दा पनी केही मानिसहरू बिना काम बाहिर निस्किरहेकाले तिनिहरूलाई नियन्त्रणमा लिदा प्रहरीलाई पनि खतरा हुन सक्ने भएकाले खतरा कम गर्नको लागि डिभाइसको सहायताले नियन्त्रणमा लिन लागिएको पोखरेलले जानकारी दिए । नियन्त्रण लिनु पर्ने मानिस भन्दा २र३ मिटर टाढैबाट नियन्त्रणमा लिन सकिने भएकाले केही मात्रामा खतरा कम हुने आकलन गरीएको पनि उनले बताए ।
सरकारले तपाई हाम्रै सुरक्षाको लागि लकडाउन गरेको हुनाले त्यसलाई कार्यान्वयन गराउन सम्पुर्ण प्रहरीहरू बाहिर रोडमा खटिएकाले प्रहरीले जबरजस्ती गर्नु भन्दा पनि स्वस्फुर्त रूपमा लकडाउनको कार्यान्वयन गरि अत्यावश्यक काम भन्दा बाहेक बाहिर ननिस्कन पनि सबैमा आग्रह गरे ।