neapl investment mega bank
  • गृहपृष्ठ
  • अफगानिस्तानमा ९१ जना कोरोना भाइरस सङ्क्रमित

अफगानिस्तानमा ९१ जना कोरोना भाइरस सङ्क्रमित

Mar 27th, 2020

काबुल,१४ चैत (रासस /सिन्ह्वा)

विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अफगानिस्तानमा शुक्रबारसम्म ९१ पुगेको छ ।

थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि कोभिड–१९ सङ्क्रमित व्यक्ति ९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले शुक्रबार बताउनु भएको छ ।

अफगानिसतानको हेरात प्रान्तमा आठ जना, छिमेकमा रहेको निम्रोज प्रान्तमा २ जना र पूर्वी नान्गार्हार प्रान्तमा एक जनामा थप सङ्क्रमण देखिएको हो ।

अफगानिस्तानमा गत फेब्रुअरीबाट कोरोना भाइरसको सङ्क्रमण देखिएको र सो समयदेखि हालसम्म ९७६ जनालाई कोरोना भाइरस (कोभिड –१९) को परिक्षण गरिएको छ । परिक्षणको क्रममा ९१ जनामा कोरोना भाइरस सङ्क्रमण देखा परेको मयारले बताउनु भएको छ ।

अफगानिसतानमा कोरोना भाइरस सङ्क्रमणको कारण तीन व्यक्तिको मृत्यु भएको छ भने, अन्य तीन उपचारपछि घर फर्किएका छन् ।