neapl investment mega bank
  • गृहपृष्ठ
  • सामुदायिक माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

सामुदायिक माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

Mar 27th, 2020

कपिलवस्तु, १४ चैत

सामुदायिक माछा पोखरीमा पौडी खेल्ने क्रममा कपिलवस्तु नगरपालिका-८ बेलौहा बस्ने कमरेश धुनियाँ मुसलमानको १२ वर्षीय छोरा सलमान धुनियाँ मुसलमान र १० वर्षीय अरमान धुनियाँ मुसलमानको शुक्रबार बिहान डुबेर मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा उनीहरु डुबेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय तौलिहवाबाट खटिएको प्रहरीले उद्धार गरी दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल तौलिहवा पठाएकोमा दुबै जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।