neapl investment mega bank

गोरु काटेको अभियोगमा पक्राउ

Mar 27th, 2020

पर्वत, १४ चैत

महाशिला गाउँपालिका-२ भोक्सिङ बस्ने सुजन गुरुङ समेत ३ जनालाई गोरू काटेको अभियोगमा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनीहरुले गोरु काट्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुंखुदेउरालीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।