neapl investment mega bank
  • गृहपृष्ठ
  • १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Mar 26th, 2020

ललितपुर, १३ चैत

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ दङगिशरण गाउँपालिका-३ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभु बस्ने २८ वर्षीय प्रकाश चौधरी र सोही ठाउँ बस्ने निरज चौधरीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई शनिबर साँझ महालक्ष्मी नगरपालिका-९ लामाटार चोकस्थित खाली जग्गामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।