neapl investment mega bank
  • गृहपृष्ठ
  • ट्राफिक महाशाखाद्वारा लक डाउन उल्लङ्घन गर्ने सवारी साधन पक्राउ

ट्राफिक महाशाखाद्वारा लक डाउन उल्लङ्घन गर्ने सवारी साधन पक्राउ

Mar 25th, 2020

काठमाडौ, चैत १२

कोरोना भाइरस (कोभिड(१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लक डाउन उल्लङ्घन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।

अटेर गरी लक डाउन उल्लङ्घन गरी सञ्चालन गरेका तीन सय दुुई सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिएकाछन । साथै घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई बुझाई गरी घरतर्फ नै फर्काईएको छ ।

अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ ।

निम्न स्थानहरूबाट सवारी साधन नियन्त्रणमा लिएको
चैत्र १२ गते विहान ८ः०० बजेसम्म