neapl investment mega bank
  • गृहपृष्ठ
  • पानीटङ्याकी नाकामा एक सय नेपाली अलपत्र

पानीटङ्याकी नाकामा एक सय नेपाली अलपत्र

Mar 24th, 2020

भद्रपुर, ११ चैत (रासस)

भारतबाट फर्केका सयभन्दा बढी नेपाली सीमावर्ती पानीटङ्याकी नाकामा अड्किएका छन् । मङ्गलबार बिहानै पानीट्याङ्की आइपुगेका उनीहरु नेपाल प्रवेशको अनुमति पर्खिरहेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले काँकडभिट्टा नाका बन्द रहेको र भारतको पानीट्याङ्की बजारमा सयको सङ्ख्यामा नेपालीहरु रोकिएको भारतीय प्रहरीले जानकारी गराएको बताउनुभयो ।

नाकाबाट कसैलाई पनि प्रवेश गराउन आदेश नभएको प्रनाउ पोखरेलले बताउनुभयो । हिजो सोमबार काँकडभिट्टामा यसैगरी भारतबाट आइपुगेका ७३१ जनालाई नेपाल प्रवेशको अनुमति दिइएको थियो । नेपालबाट भारत जान सीमामा जम्मा भएका दुई हजार २३६ जना भारतीय नागरिकलाई समेत सोमबार जान अनुमति दिइएको थियो ।