काठमाडौ चैत ११
सेल कम प्रा. लि. को सेलपे सेवाले हालको स्थितिलाई ध्यानमा राखी भिडभाड र हुलमुल कम गर्नको लागि आईतबारदेखी बैशाख १८ गतेसम्मको लागि रकम स्थानान्तरण सेवा निस्शूुल्क उपलब्ध गराउने भएको छ ।
हाल विश्व भरी फैलिदै गरेको कोरोना भाईरस (कोविड १९) को संक्रमणबाट बच्नको लागि सरकारबाट कुनै पनि प्रकारको भिडभाड र हुलमुल नगर्न सुझाव आएको हुँदा, सेलपेका ग्राहकहरुले सेलपे एप्पबाट आफ्नो घरमै बसी सरल र सहज माध्यमबाट वास्तविक समयमा कुनै पनि सेलपेमा आबद्ध भएका बैंकहरुका ग्राहकलाई रकम स्थानान्तरण गर्दा कुनै पनि सेवा शूल्क नलाग्ने ब्यवस्था मिलाईएको जनाएको छ । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।
सेलपे बाट विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफरलगायतको भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।