neapl investment mega bank
  • गृहपृष्ठ
  • निर्माण व्यवसायी कोषको तर्फबाट एक करोड सहयोग , लक डाउनको निर्णयको महासंघद्धारा स्वागत

निर्माण व्यवसायी कोषको तर्फबाट एक करोड सहयोग , लक डाउनको निर्णयको महासंघद्धारा स्वागत

Mar 24th, 2020

काठमाडौ, चैत ११

नेपाल निर्माण व्यवसायी महासंघको सिफारिसमा निर्माण व्यवसाय विकास परिषद अन्र्तगत निर्माण व्यवसायी कोषको तर्फबाट कोरोना भाइरस (कोभिड—१९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि एक करोड रुपैयाँ योगदान गर्ने निर्णय भएको छ ।

यो रकम नेपाल सरकार अन्र्तगतको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । यसैबीच कोरोना भाइरस (कोभिड—१९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मिति २०७६—१२—११ देखि २०७६–१२–१८ गते सम्म मुलुक लक डाउन गर्ने नेपाल सरकारको निर्णयको महासंघले स्वागत गरेको छ । महासचिव रोशन दाहालद्धारा मंगलवार जारी विज्ञप्तिमा सरकारी निर्णयमा सहयोग गर्न सरोकारवाला सबै समक्ष आग्रह गरिएको छ । साथै लक डाउनको अवधिमा निर्माण व्यवसायी सदस्यहरुलाई आ—आफ्नो निर्माण कार्यहरु बन्द गर्न हुन र प्रदेश महासंघ, जिल्ला संघ, वस्तुगत संघहरु र एशोसिएट सदस्यहरुले आ–आफ्नो सचिवालयहरु सरकारको निर्देशन अनुसार बन्द गर्न–गराई सहयोग गर्न महासंघले अनुरोध गरेको छ ।

अहिलेको असहज अवस्थमा समेत अति आवश्यक निर्माण परियोजनामा खटिएका निर्माण व्यवसायीहरुलाई आफू र मातहतका सबैको सुरक्षामा विशेष ध्यान दिन समेत महासंघले अनुरोध गरेको छ ।