neapl investment mega bank
  • गृहपृष्ठ
  • नेता शर्माको निधनमा सभापति देउवाद्वारा दुःख व्यक्त

नेता शर्माको निधनमा सभापति देउवाद्वारा दुःख व्यक्त

Mar 23rd, 2020

काठमाडौँ, १० चैत (रासस)

नेपाली काँग्रेसले प्रजातन्त्र सेनानी एवं दाङका अग्रज नेता छविकुमार शर्माको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज शोक विज्ञप्ति जारी गरी पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्यसमेत रहनुभएका शर्माको निधमा दुःख व्यक्त गर्नुभएको हो ।

“नेपालको प्रजातान्त्रिक आन्दोलन र पार्टीको सङ्गठन विस्तारमा शर्माले पु¥याएको योगदान अविस्मरणीय छ, उहाँको निधनको खबरले मलाई अत्यन्त दुःखित बनाएको छ”, देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सभापति देउवाले स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

स्वर्गीय शर्मा विसं २०१५ का सांसद स्वर्गीय गणेशकुमार शर्माका भाई हुनुहुन्छ । विसं २०१७ मा पार्टीका तत्कालीन सभापति तिलकबहादुर डाँगीको कार्यकालमा स्वर्गीय शर्माले कार्यबाहक सभापतिको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो । विभिन्न कालखण्डमा जेल र निर्वासित जीवन बिताउनुभएका स्वर्गीय शर्मालाई गत फागुन १९ गते पार्टी सभापति देउवाले ज्येष्ठ राजनीतिज्ञ सभाको सदस्यमा मनोनयन गर्नुभएको थियो ।