neapl investment mega bank
  • गृहपृष्ठ
  • सिद्धार्थ बैंक र चिरायु हस्पिटलबीच सम्झौता

सिद्धार्थ बैंक र चिरायु हस्पिटलबीच सम्झौता

Mar 22nd, 2020

काठमाडौ, चैत ९

सिद्घार्थ बैंक लिमिटेड र काठमाडौँको बसुन्धारा स्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युट प्रा। लि। बीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुट सम्बन्धी सम्झौतापत्र हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात बैंकका कर्मचारी र कर्मचारीका सदस्यहरुले बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरी सो हस्पिटलमा स्वास्थ्य सेवा लिंदा २० प्रतिसत सम्मको छुट र बैंकका ग्राहकवर्गहरुले सेवा लिंदा १५ प्रतिसतसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक सुरेश राज महर्जन र चिरायु हस्पिटलका तर्फबाट संचालन निर्देशक चन्देश्वर वैद्यले हस्ताक्षर गरेका हुुन ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १८५ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम र १,६०० भन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।