काठमाडौ, चैत ९
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डाँकेको पाँचौ विशेष साधारण सभा स्थगित गरेको छ । यही चैत १० गतेका दिन अमृतभोग, कालिकास्थान, डिल्लीबजार काठमाण्डौमा गरिने भनिएको पाचौं विशेष साधारण सभा विश्वभरी फैलिएको कोरोना भाइरसको जोखिम र नेपाल सरकारबाट जारी निर्देशन र सूचना अनुसार सार्वजनिक भेला बैठक समारोह गर्न बन्देज लगाईएकोले सा ेनिर्देशन र सूचनाको परिपालना गर्दै बैंकको संचालक समितिको मिति २०७६/१२/०८ शनिवारका दिन सम्पन्न ३३० औं बैठकको निर्णय अनुसार अर्को सूचना नभएसम्मको लागि उक्त विशेष साधारण सभाहाललाई स्थगित गरिएको बैंकले जनाएको छ । यसवाट शेयरधनीहरmलाई पर्न गएको असुविधाप्रति बैंक क्षमाप्राथि रहेको जनाएको छ ।
बैंकले हाल आफ्नो देशैभरी फैलिएर रहेको ९४ वटा शाखा, ९४ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।