neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाली कांग्रेसका प्रवक्ता शर्माको शब्द र संगीतमा गीत तयार

नेपाली कांग्रेसका प्रवक्ता शर्माको शब्द र संगीतमा गीत तयार

Mar 22nd, 2020

काठमाडौ, चैत ९

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माको शब्द र संगीतमा अहिलेको कोरोना सन्त्रासको सन्दर्भमा गीत तयार पारिएको छ ।


‘आऊ माया गरौँ, मान्छेले मान्छेलाई, प्रकृतिलाई, संसारलाई माया गरौँ’ बोलको गीतमा गायक प्रमोद खरेल र गायिका शितल मोक्तानको स्वर रहेको छ ।

बुधबार शब्द र संगीत तयार गरिएको गीतको रेकर्डिङ बिहीबार गरिएको हो । शुक्रबार भिडियो छायाङ्कन गरिएको गीत आइतबार सार्वजनिक गरिनेछ ।

यस्तो छ गीतको शब्द

आउ माया गरौं, मान्छेले मान्छेलाई
प्रकृतिलाई, संसारलाई माया गरौं
let’s love; love humans, this nature, the world
आवाज मिलाउं र कदम कदम मिलाउं
महामारीबाट संसार जोगाउं
आउ माया गरौं !
Break the chain

उनीहरु छन् त्यसैले तिमी छौ
तिमी छौ र त उनीहरुमा आशा छ
You exist because of them
And in you, they have hope

आशाको दियोले विश्वास जगाउं
साथ साथ रहौं तर सचेत बनौं
मान्छे र मान्छे मिलेर मान्छेको वस्ती जोगाउं
आउ माया गरौं

Lets love
Break the chain.