neapl investment mega bank
  • गृहपृष्ठ
  • पोर्चुगल अवैतानिक दूतावासले अप्ठ्यारामा परेका नेपालीलाई सहयोग गर्ने

पोर्चुगल अवैतानिक दूतावासले अप्ठ्यारामा परेका नेपालीलाई सहयोग गर्ने

Mar 22nd, 2020

भगवान गिरी
लिस्बन, ९ चैत(रासस)

पोर्चुगलका लागि नेपाली अवैतानिक वाणिज्यदूत मकरबहादुर हमालले कोरोना सङ्क्रमणबाट बच्न नेपालीलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । शनिबार वक्तव्य जारी गर्दै उहाँले पोर्चुगल सरकारले जारी गरेको आपत्कालीन घोषणाको आचारसंहिता पालना गरी सुरक्षित रहन सम्पूर्णलाई आह्वान गर्नुभएको हो ।

यस अवधिमा पोर्तुगलमा रहने नेपाली दिदिबहिनी तथा दाजुभाइमा आइपर्ने स्वास्थ्य समस्या तथा आपत्विपत्मा सहयोग र परामर्शका लागि नेपाली अवैतानिक दूतावास लिस्बन पोर्चुगलको मोबाइल नम्बर ९६९१९०९१९ मा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ । एनआरएनए पोर्चुगलले पनि विक्रमजङ्ग कँुवरको नेतृत्वमा सहायता कक्ष सञ्चालन गरेको छ ।