neapl investment mega bank
  • गृहपृष्ठ
  • विद्युत सर्ट भई आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

विद्युत सर्ट भई आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

Mar 22nd, 2020

काठमाडौं, ९ चैत

सर्लाही, बिष्णु गाउँपालिका-३ बस्ने तुला महरा र सोही ठाउँ बस्ने राम सोभित रामको घरमा शनिबार दिउँसो विद्युत सर्ट भई आगलागी हुँदा दुवै जनाको गरी करिब ३ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सुनसरी, बराहा क्षेत्र नगरपालिका-११ मधुबन बस्ने आलम खानको घरमा आइतबार बिहान विद्युत सर्ट भई आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
छ ।