neapl investment mega bank
  • गृहपृष्ठ
  • विभिन्‍न सामाजिक सञ्‍जालहरुमा नेपाली सेनाले हेलिकप्टरबाट किटनासक औषधि छर्ने हल्ला प्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण

विभिन्‍न सामाजिक सञ्‍जालहरुमा नेपाली सेनाले हेलिकप्टरबाट किटनासक औषधि छर्ने हल्ला प्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण

Mar 21st, 2020

काठमाडौँ, ८ चैत

विभिन्‍न सामाजिक सञ्‍जालहरुमा ूनेपाली सेनाको हेलिकप्टर प्रयोग गरि आकाशबाट कोरोना भाईरस (कोभिड १९) विरुद्ध किटनासक ‍औषधी छोडिनेू भन्‍ने समाचार प्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ ।

हाल विश्वभर फैलिदै गएको कोरोना भाईरस (कोभिड १९) को उच्‍च जोखिमलाई मध्यनजर राखि नेपाली सेनाले आन्तरिक रुपमा उक्त भाईरसको रोकथाम तथा संभावित महामारी विरुद्ध न्युनिकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी शुरु गरेको तथ्य प्रेस विज्ञप्तिमार्फत जानकारी गराईएको सर्वविदितै छ । यसको अलावा नेपाली सेनाले हेलिकप्टर प्रयोग गरि किटनासक औषधी छाड्ने कुनै योजना नभएको जानकारी गराईन्छ । तसर्थः हालको संवेदनशिल घडीमा यस प्रकारको भ्रामक, झुटो तथा मनगढन्ते समाचारमा विश्वास नगर्न नेपाली सेना सम्पूर्ण पाठक वर्गहरुमा हार्दिक अनुरोध गर्दछ । कोरोना भाईरस (कोभिड १९ प्रतिकार्यमा नेपाली सेनाको गतिविधि सम्बन्धमा आम जनमानसमा कुनै दुविधा भएमा नेपाली सेनाको श्री जनसम्पर्क तथा सूचना निर्देशनालयको सम्पर्क नम्बर ९८५१०८३२८८ र ९८५१०७९९१७ मा सम्पर्क गर्न हुन समेत हार्दिक अनुरोध गरिन्छ ।

नेपाली सेनाले कोरोना भाईरस (कोभिड १९) विरुद्ध आवश्यक आन्तरिक तयारी गरी संक्रमणबाट सुरक्षित रहँदै रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने र उक्त भाईरसको उच्च जोखिम विरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरु अवलम्बन गर्न सधैं प्रतिवद्ध रहेको जानकारी गराईन्छ ।