रसना ढकाल
काठमाण्डौ ,चैत्र ८
अस्सी हजार घर भाडा कसरी तिर्ने ? यसको लागि तपाइको सस्थाले के पहल गर्न सक्छ त ? यो प्रश्न थियो सुन्धारा स्थित एक रेष्टुरेन्ट व्यवसायिको जो दिनमा एक लाख सम्म आम्दानी हुने तर कोरोनाको त्रासमा सबै कामदारहरु घर गएका र गेस्टहरु पनि नआएको पिडा हामीलाइ सुनाउदै थिए । उनी फेरी भन्छन , हामी व्यवसायिहरु मारमा परेउ , हाम्रो समस्या कसले बुझने ? यो गुनासो काठमाण्डौ स्थित सुन्धारा क्षेत्रमा रहेको एक डान्सबार सञ्चालकको थियो । सुन्धारा काठमाण्डौको मुटु हो । त्याँहा दिनमा हजारौ व्यक्ति आवतजावत गर्छन । सुन्धारामा रहेका होटल र रेष्टुरेन्टको व्यापार पनि राम्रौ सँग चल्छ । तर विश्व भर महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमणको कारण सरकारले सुरक्षित रहन आग्रह गरेपछि यो क्षेत्रलाइ पनि असर पुराएको छ ।
साझको करिब ७ बजेको थियो । हाम्रो समुह सुन्धारा स्थित एक डान्सबार भित्र पस्यो । अध्यारो कोठामा करिब ४ जना व्यक्ति अब के गर्ने भन्न्ो विषयमा कुरा गर्दै थिए । हामीलाइ देखेर झस्किदै एक जनाले भने को हो तपाइहरु काँहा बाट आउनु भएको ? हाम्रो समुह इनचार्ज कमला सापकोटाले हामी विश्वास नेपाल बाट आएका हौ , हामी मनोरञ्जन क्षेत्रका श्रमिकहरुको लागि काम गर्छौ र अहिले कोरोनाको कारण रेष्टुरेन्ट क्षेत्रमा परेको प्रभावको अवस्था विश्लेषण गर्दै हिडेको छौ भने पछि उनीहरु थामिए , र हामीलाइ व्यापारमा पुगेको असरको बारेमा गुनासो सुनाए ।
त्यसपछि हाम्रो टोली सुन्धारा अण्डरग्राउण्ड खाजा घरमा पुग्यो त्याहा पनि सञ्चालकले व्यापारको अवस्थाको बारेमा जानकारी दिए । कोरोना भाइरसले पुराएको असरको मार ति व्यापारिहरुले हामीलाइ सुनाउदै थिए । कोरोनाको प्रभाव सबै क्षेत्रमा परेको छ । कूनै क्षेत्र छैन होला यसबाट अछुतो रहेको ।
यसैगरी गोगंबु क्षेत्रमा पनि सबै रेष्टुरेन्टहरु बन्द भैसकोको र श्रमिकहरु कोहि आफन्तको घरमा त कोहि गाउँ फर्किसकेको बताउनु हुन्छ विश्वास नेपालकी कार्यकारी निर्देशक बालकुमारी आले , उँहा फेरी भन्नुहुन्छ , “देशमा संकटको अवस्था आउँदा त्यसको प्रत्यक्ष मारमा होटल रेष्टुरेन्ट सञ्चालक पर्ने र त्यसको असर कामदारमा देखिने गरेको छ ।” त्यसैगरी ठमेल क्षेत्रमा सयौको हाराहारीमा रहेको रेष्टुरेन्ट क्षेत्र सबै बन्द भएको र त्यसको असर श्रमिकलाइ परेको फिल्ड म्यानेजर विष्णु पनेरु बताउनु हुन्छ । यता चावहिल, मित्रपार्क , पुरानो बानेश्वर र गौशाला क्षेत्रमा रहेका करिब ३८ रेष्टुरेन्टहरु बन्द भैसकेको विश्वास नेपालकी कार्यक्रम संयोकज साका बस्न्यातले बताउनु भयो । यता दरबारमार्गमा रहेको रेष्टुरेन्टहरु पनि बन्द हुने अवस्था रहेको विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले जानकारी दिनु भयो ।
कोरोना भाइरसको कारण त्रसित बनेको जनजीवनको बारेमा यता जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल भन्नुहुन्छ , “ नागरिकको हितको लागि सरकारले लिएको सबै निर्णयहरु स्वागतयोग्य छन यसको पूर्णरुपमा पालना नागरिकले गर्नु पर्छ । कोरोनाको त्रासमा विश्व त्रसित भैरहेको बेला हाम्रो देशमा पनि आउदैन भन्न सकिन्न त्यसैले संयमता अपानाउ , गलत प्रचारमा नलागा ै आग्रह गर्नु भयो ।
अवस्था विश्लेषणका लागि गरिएको अनुगमनको बारेमा विश्वास नेपालकी अध्यक्ष तारा भण्डारी भन्नुहुन्छ , “आफनो शरिर भन्दा ठुलो अरु केहि हुदैन , अहिले विश्वनै कोरोनाको त्रासमा छ । यसको असर हामी काँहा नदेखिए पनि जनजीवन आतंकित छन । र यसको प्रत्यक्ष असर श्रम क्षेत्रमा देखिएको छ । जाँहा हजारौ श्रमिकहरु काम गरेर खान्छ उनीहरुको अवस्था अब के हुन्छ त ? भन्ने तर्फ हामीले सोचनु पर्छ । ”
विश्वास जो रेष्टुरेन्ट क्षेत्रमा काम गर्ने श्रमिकहरुको हक हितको लागि विगत १३ वर्ष देखि पैरवी गर्दै आइरहेको समाजिक सस्था हो सोहि सस्थाकि अध्यक्ष तारा भण्डारीको अध्यक्षतामा शुक्रवार मध्यरातसम्म सुन्धारा , चावहिल , दरबारमार्ग, गोगंबु र ठमेल क्षेत्रमा रहेका मनोरञ्जन तथा रेष्टुरेन्ट क्षेत्रमा अनुगमन गरिएको थियो ।
नेपाल सरकारले कोरोना भाइरसबाट बच्न सबै क्षेत्रमा संंयमता अपनाउन आह्वान गरेपछि अहिले शहरका शिक्षण सस्थाहरु , व्यापारिक क्षेत्रहरु , मनोरञ्जन प्रदायक क्षेत्रहरुमा प्रत्यक्ष असर पुगेको छ ।
स्मरण रहोस चिनको बुहान शहर देखि फैलिएका कोरोनाको भाइरस अहिले विश्वको एक सय ८५ मूलुकमा संक्रमण देखिएको छ भने युरोपमा झनै भयावह रुप लिएको छ । जसमा इटालीमा मात्र एक दिनमा छ सय २७ जनाका मृत्यु भएको एजेन्सीले जनाएको छ ।