neapl investment mega bank
  • गृहपृष्ठ
  • ट्राफिक प्रहरीद्धारा मोटरसाईकल चोरी गर्ने पक्राउ

ट्राफिक प्रहरीद्धारा मोटरसाईकल चोरी गर्ने पक्राउ

Mar 20th, 2020

काठमाडौ, चैत ७

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गरी भाग्दै गरेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमाजिल्ला कैलाली टिकापुर न.पा. वडा नं. १ घर भई काठमाण्डौं मैतिदेवी बस्ने वर्ष २१ को रोशन अधिकारी र जिल्ला कैलाली टिकापुर न.पा. वडा नं. ८ घर भई हाल किर्तिपुर बस्ने वर्ष १८ को बिबेक थापारहेका छन् ।

महाशाखाले सादा पोसाकमा खट्टाएको ट्राफिक प्रहरीले चोरी भई हराएको मोटरसाईकलहरु खोज तलास गर्ने क्रममा टिचिङ्ग अस्पतालको पार्किङ्ग स्थलमा पार्किङ गरी राखेको बा ६७ प ३७०७ नम्बरको २२० सि.सी.को कालो रातो रंङ्गको पल्सर मोटरसाईकल शंकास्पद अवस्थामा फेलापारी चेकजाँच गर्दा चोरी भएको मोटरसाईकल खुल्न आएको हो ।

उक्त मोटरसाईकल यही फाल्गुन ७ गते कलंकीबाट हराएको हुँदा खोज तलास गरी पाउ भनिसुरज ताम्राकारले हुलिया सहितको निबेदन दिएको थिए । पक्राउ पर्ने ती व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त, कालीमाटीमा बुझाएको छ ।