काठमाडौ, चैत ७
निम्बसले www.nimbusbazar.com मा विभिन्न खाद्य सामाग्रीहरुको अनलाइन अर्डर लिनुका साथै ग्राहकको दैलोसम्म अर्डर गरिएका बस्तुहरु पुर्याउन सुरु गरेको छ । निम्बस बजारमा ग्राहकहरुले निम्बसका विभिन्न ब्राण्डहरु – व्यन्जन, हिमालयन ह्याप्पी पेट खरिद गर्नसक्छन् । यी ब्राण्डहरुका खाने तेल, आटा, दाल, सोयाबिन मस्यौरा, अचार, चिउरा, पापड साथै हिमालयन ह्याप्पी पेटको कुकुरको खाना, आदि निम्बस बजारमा पाउन सकिन्छ ।
यससँगै हाल फैलिरहेको कोभिड–१९ अर्थात् कोरोनाको प्रकोपबाट आफ्ना डेलिभरी तथा अन्य कर्मचारीहरुको सुरक्षाको सुनिश्चिताका लागि कम्पनीले तयारी सुरु गरिसकेको छ । निम्बसले सबै डेलिभरी गर्ने कर्मचारीहरुलाई व्याक्तिगत स्वास्थ, तथा सरसफाइ, हात धुने, सेनिटाइजिङ गर्ने विधिका बारेमा निरन्तर शिक्षा तथा प्रशिक्षण दिदैँ आएको छ ।
साथै कर्मचारीहरुलाई कोभिड–१९ को लक्षण देखा परेमा कसरी सावधानी अप्नाउने भनेर तालिम प्रदान गरेको छ । यसअलावा सबै डेलिभरी कर्मचारीललाई मास्क, सेनिटाइजर, पनि उपलब्ध गराएको छ ।
‘आउने समय अनिश्चित छ, हामीग्राहकहरुको दैनिक खाद्य बस्तु खरिदमा सुरक्षितविकल्प रहेको कुरा सुनिश्चित गराउन चाहान्छौं । हाम्रा ग्राहक, समन्वयकर्ता तथा समुदायहरुलाई स्वस्थ वातावरण दिनका लागि हामी तत्पर छौं ।’ निम्बसका कार्यकारी निर्देशक आनन्द बगरिया भन्छन् ।
हालको जोखिमपूर्ण अवस्थालाई ध्यानमा राख्दै ग्राहक उपभोक्तहरुको सुरक्षित सपिङ अनुभवका लागि निम्बसले यो वेबसाइट www.nimbusbazar.com समय अगावै सिमित फिचरहरुसँग सार्वजनिक गरेको छ । आगामी दिनमा कम्पनीले थप नयाँ फिचरहरु यसमा थप गर्दै जाने छ । हाल निम्बसले डेलिभरी सेवा काठमाडौं उपत्यकामा मात्र उपब्ध गराउँदै छ ।