neapl investment mega bank

अज्ञात समूहको गोली प्रहारबाट एक घाइते

Mar 20th, 2020

हेटौँडा, ७ चैत (रासस)

अज्ञात समूहको गोली प्रहारबाट मकवानपुरको कैलाश गाउँपालिका–८ का लालबहादुर मोक्तान घाइते भएका छन् ।

गम्भीर घाइते भएका तीस वर्षीय मोक्तानको उपचारका लागि मनाङ एयरको हेलिकोप्टरबाट काठमाडौँतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार आज बिहान अज्ञात समूहले मोक्तानमाथि गोली प्रहार गरेको थियो ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मोक्तानलाई कसले र किन गोली प्रहार गरेको भन्ने विषयमा प्रहरीले अनुसन्धान टोली गठन गरी छानबिन गरिरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।