neapl investment mega bank
  • गृहपृष्ठ
  • गोरखाको गुम्बा निर्माणका लागि मनकामना दर्शनद्धारा २ लाख सहयोग

गोरखाको गुम्बा निर्माणका लागि मनकामना दर्शनद्धारा २ लाख सहयोग

Mar 20th, 2020

काठमाडौ, चैत ७

गोरखा नगरपालिका सतिपिपलमा निर्माण भैरहेको बुद्ध गुम्बाको लागि मनकामना दर्शन प्रा.लि. ले रु.२ लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको छ ।

नेपालकै पहिलो केबुलकारका संस्थापक स्व.लक्ष्मणबाबु श्रेष्ठको सम्झनामा उहाँको कान्छो भाई भरतबाबु श्रेष्ठको उपस्थितिमा मनकामन ादर्शन प्रा.लि. कानिर्देशक राजेशबाबु श्रेष्ठद्धारा उक्त रकम एक कार्यक्रमकाबीच गोरखा बौद्ध समूहका अध्यक्ष विष्णु बहादुर थापा मगरलाई हस्तान्तरण गरेका हुुन ।

गोरखामा जन्मिएर राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पु¥याएका स्व. लक्ष्मणबाबु श्रेष्ठको नाममा उहाँका परिवारले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ ।