neapl investment mega bank

टेम्पो चालकको सुनको सिक्री लुटपाट

Mar 20th, 2020

संखुवासभा, ७ चैत

चैनपुर नगरपालिका-२ बस्ने ३० वर्षीया टेम्पो चालक संजिता राईको १ तोलाको सुनको सिक्री शुक्रबार बिहान लुटपाट भएको छ ।

संजितालाई खाँदबारी जानु छ टेम्पो ल्याइदिनु पर्‍यो भन्दै फोन गरी बोलाए पश्चात उनी टेम्पो लिई त्यसतर्फ जाने क्रममा अपरिचित पुरुषले कुटपिट गरी उनले लगाएको उक्त सिक्री लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिद्धपोखरीबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।