neapl investment mega bank

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

Mar 20th, 2020

काठमाडौं, ७ चैत

काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बिजेश्‍वरीस्थित सरोज लामाको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ४३ वर्षीय सम्पुर्ण बुद्धाचार्य समेत ५ जनालाई नगद १ लाख ५३ हजार ४ सय रुपैयाँ र ३ बुक तास सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।