neapl investment mega bank
  • गृहपृष्ठ
  • आज साँझ राष्ट्रका नाममा प्रमको सम्बोधन

आज साँझ राष्ट्रका नाममा प्रमको सम्बोधन

Mar 20th, 2020

काठमाडौँ, ७ चैत (रासस)

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट उहाँले साँझ ६ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

मुलुकको समसामयिक परिस्थिति तथा विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले अपनाएका सुरक्षाका उपाय विषय प्रधानमन्त्रीको सम्बोधनमा समेटिने बताइएको छ ।