neapl investment mega bank

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Mar 20th, 2020

काठमाडौं, चैत ७

उदयपुरमा पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका ७ बस्ने ४७ वर्षीय कुल बहादुर बिष्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेल्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी ललितपुरमा १४ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर बालकुमारी बस्ने सिन्धुली घर भएका २६ वर्षीय दिपक सार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।