neapl investment mega bank
  • गृहपृष्ठ
  • शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा तीन जना पक्राउ

शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा तीन जना पक्राउ

Mar 20th, 2020

भक्तपुर, चैत ७

शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ खानिखोला गाउँपालिका १० घर भएका भक्तपुर मध्यपुरठिमी नगरपालिका १ लोकन्थली बस्नेहरु ३६ वर्षीय अप्सरा बास्कोटा, ताप्लेजुङ तेलोक गाउँपालिका २ घर भएकी ३४ वर्षीया सुनिता सुब्बा र ताप्लेजुङ तेलोक गाउँपालिका २ घर भएकी एनिहा सुब्बा रहेका छन् ।

बुधबार साँझ भक्तपुर मध्यपुरठिमी नगरपालिका १ मनहरामा खोटाङ दिक्तेल नगरपालिका(३ पिनालाखा घर भई मनहरा डेराकोठा गरी बस्ने ३५ वर्षीया बिमला राई आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आत्महत्या दुरुत्साहन मुद्धामा थप अनुसन्धान गररिरहेको जानकारी दिएको छ ।